२९ जेठ २०८३, शुक्रबार

अमेरिका र इरानलाई दिगो शान्ति सम्झौताका लागि उच्च प्रयास गर्न राष्ट्रसङ्घको आह्वान

Logo
Pulse Khabar शुक्रबार, जेठ २९, २०८३

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इरानलाई दिगो शान्ति सम्झौताका लागि आफ्ना प्रयासहरूलाई उच्च र दोब्बर बनाउन आह्वान गर्दै द्वन्द्वको पूर्ण पुनरुत्थान गर्ने कुनै पनि क्रियाकलापबाट बच्नु पर्ने कुरामा जोड दिनु भएको छ । इरानमाथि अमेरिकाले गरेको आक्रमण र खाडी लगायतकाका छिमेकी देशहरूमा इरानले गरेको प्रतिआक्रमण र शत्रुतापूर्ण क्रियाकलापबाट उल्लेखनीय वृद्धि सहित मध्यपूर्वमा जारी तनावबाट महासचिव गुटेरेस चिन्तित भएको संयुक्त राष्ट्रका प्रवक्ता स्टेफन डुजारिकले बताउनु भएको छ ।

अन्तर्राष्ट्रिय कानुन अनुसार समुद्री अधिकार र स्वतन्त्रताको अभ्यासलाई सम्मान गर्नुपर्ने कुरामा जोड दिँदै उहाँले सबै पक्षलाई अन्तर्राष्ट्रिय कानुन अन्तर्गत आफ्नो दायित्व कायम राखी नागरिकहरूको सुरक्षाका लागि आवाश्यक सावधानी अपनाउन आह्वान गर्नु भएको छ । शान्ति प्रक्रियामा अगाडि बढ्ने एक मात्र प्रक्रिया वास्तविक संवाद र वार्ताको माध्यमबाट भएको बताउदै डुजारिकले वाशिङ्गटन र तेहरानलाई क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति सुरक्षालाई अगाडि बढाउन स्थायी शान्ति सम्झौतामा पुग्न दुवै पक्षले आफ्ना प्रयासलाई दोब्बर बनाउन आग्रह गर्नु भएको हो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206