२८ जेठ २०८३, बिहिबार

डेङ्गी नियन्त्रण गर्न सरकारको नयाँ रणनीति: देशव्यापी रूपमा ‘सफा शुक्रबार’ अभियान चालिने

Logo
Pulse Khabar बिहिबार, जेठ २८, २०८३

काठमाण्डौ : सरकारले डेङ्गीको सङ्क्रमणदरलाई आउँदो पाँच वर्षभित्र ६० प्रतिशतले घटाउने तयारी थालेको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तयार पारेको डेङ्गी रोकथाम तथा नियन्त्रण बहुक्षेत्रीय योजनामा आउँदो पाँच वर्षभित्र सङ्घीय, प्रदेश र पालिका सरकारका सबै निकाय क्षेत्रलाई डेङ्गी नियन्त्रण र रोकथाममा सहभागी गराएर लक्ष्य प्राप्ति गरिने उल्लेख छ ।योजनाअन्तर्गत डेङ्गीका गम्भीर परिणाम न्यून गर्न विशेष पहल गरिने मन्त्रालयले जनाएको छ । लक्ष्य प्राप्तिका लागि सरकारले सबै संयन्त्र प्रयोग गरेर रोगको फैलावट निगरानी गर्नेछ । योजनाअन्तर्गत सरसफाइ बढाएर लामखुट्टेको प्रजनन क्षमता नष्ट गर्ने र त्यसका लागि हरेक हप्ता विशेष सरसफाइ गर्ने गरी ‘सफा शुक्रबार’ कार्यक्रम सञ्चालन गर्ने योजना पनि सरकारको छ ।

यसैगरी, विभिन्न जोखिमपूर्ण क्षेत्रमा शून्य ‘सहिष्णुता क्षेत्र’ घोषणा गर्ने र पार्कलगायत क्षेत्रमा पानीको फोहोरा, पोखरी आदि डेङ्गीवाहक लामखुट्टे हुर्किने खतरा भएका ठाउँमा सरसफाइलाई कडाइसाथ लागू गर्ने तथा आम उपभोक्तामा ट्याङ्कीमा पानी भण्डारण गर्नुको साटो पाइपको पानी उपभोग गर्ने प्रवृत्ति बढाउन विशेष व्यवस्था गर्ने नीति पनि सरकारले लिनेछ ।यसैगरी, जलाशयहरूमा लार्भा खाने माछाको सङ्ख्या बढाउने र अति आवश्यक ठाउँमा लामखुट्टे नष्ट गराउने रसायन छर्किनेसम्मका गतिविधि गर्ने सरकारको योजना छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206