काठमाडौँ: स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु पाँच हजार १०० र चाँदी रु ९०(नब्बे ) ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ८६ हजार ७०० कायम भएको छ । एक तोला चाँदीको मूल्य रु चार हजार ६५० निर्धारण भएको छ । हिजो एक तोला सुन रु दुई लाख ९१(एकान्नब्बे)हजार ८०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ७४० मा कारोबार भएको थियो ।गत मङ्गलबार एक तोला सुन रु तीन लाख एक हजार ९००(नौ सय) र चाँदी रु चार हजार ९२५(नौ सय पच्चिस) मा किनबेच भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १०० र त्यति नै परिमाणको सेतो धातु ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
