काठमाडौं:नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा दुई हजार रुपैयाँ बढेको हो ।यससँगै छापावाल सुन प्रतितोला तीन लाख एक हजार ९००(नौ सय) रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।अघिल्लो दिन प्रतितोला दुई लाख ९९(उनान्सय) हजार ९०० (नौ सय)रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । चाँदी प्रतितोला चार हजार ९२५ (नौ सय पच्चिस ) रुपैयाँ तोकिएको महासंघले जनाएको छ । अघिल्लो दिन चार हजार ९०५ (नौ सय पाँच ) रुपैयाँमा कारोबार भएको थियो ।
