२० मंसिर २०८२, शनिबार

सुँगुरको मिर्गौला लगाएका पुरुषको ७ हप्तामा मृत्यु

Logo
Pulse Khabar सोमबार, बैशाख ३१, २०८१

काठमाडौं । सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका एक पुरूष प्रत्यारोपणको सात हप्तामा मृत्यु भएको छ ।

अमेरिकाको मासाचुसेट्स जनरल अस्पतालमा सुँगुरको मिर्गौला आनुवांशिक परिमार्जन गरी प्रत्यारोपण गरिएका ६२ वर्षीय रिक भनिने रिचार्ड स्लेमनको शनिबार मृत्यु भएको हो। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार स्लेमनलाई गत मार्चमा सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो।

स्लेमनको पहिलो पटक २०१८ मा मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपण गरिएको मिर्गौलामा खराबी आएपछि गत वर्ष उनी पुनः अस्पताल भर्ना भएका थिए। चेकजाँचको क्रममा मिर्गौला फेल भएको पाइएको थियो।

प्रत्यारोपण गरिएको मिर्गौला पटकपटक डायलासिस गर्न पनि समस्या भएर अन्तिम अवस्थामा पुगेपछि डाक्टरहरूले उनलाई आनुवांशिक रूपमा परिमार्जन गरिएको सुँगुरको मिर्गौला प्रत्यारोपण गर्न सुझाएका थिए। सुँगुरको मिर्गौला प्रत्यरोपण गरेर बाँच्ने उनी पहिलो व्यक्ति रहेको समाचार संस्था एसोशियटेड प्रेसले उल्लेख गरेको छ।

उनको मृत्युपछि अस्पतालले प्रत्यारोपणकै कारण मृत्यु भएको हो कि अन्य कारणले भन्ने पुष्टि नभएको बताएको छ। अस्पतालले जेनोट्रान्सप्लान्टका लागि राजी भएकोमा स्लेमन र उनका परिवारप्रति धन्यवाद ज्ञापन गरेको छ। स्लेमनको परिवारले पनि विज्ञप्ति निकालेर डाक्टरहरूप्रति आभार प्रकट गरेको छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206