२७ जेठ २०८३, बुधबार

रास्वपा जिल्ला अधिवेशन तीव्र: ५६ जिल्लामा नेतृत्व चयन, १२ जिल्ला निर्वाचनको संघारमा

Logo
Pulse Khabar सोमबार, जेठ २५, २०८३

काठमाडौं:राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय अधिवेशनको तयारी स्वरूप देशव्यापी रूपमा भइरहेका जिल्ला अधिवेशनहरू अन्तिम चरणतर्फ उन्मुख भएका छन्।

हालसम्म प्राप्त आधिकारिक आन्तरिक विवरण अनुसार देशभरका कुल ५६ जिल्लामा अधिवेशन सफलतापूर्वक सम्पन्न भइसकेका छन् भने बाँकी जिल्लाहरूमा पनि अधिवेशन र निर्वाचनको प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको छ।विवरण अनुसार कोसी प्रदेशका कुल १४ जिल्लामध्ये १३ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ। जसमा झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, संखुवासभा, पाँचथर, ओखलढुङ्गा, सुनसरी, सोलुखुम्बु, खोटाङ, इलाम र धनकुटा रहेका छन् भने उदयपुरमा अहिले निर्वाचनको प्रक्रिया चलिरहेको छ।यता मधेस प्रदेशका जिल्लाहरूमा भने अधिकांश स्थानमा निर्वाचनको सरगर्मी बढेको छ। मधेसका महोत्तरी, रौतहट, सिराहा, पर्सा र सर्लाही निर्वाचनको चरणमा प्रवेश गरेका छन् भने धनुषामा २६ गते तथा सप्तरी र बारामा २७ गते निर्वाचन हुने तय भएको छ।बागमती प्रदेशका १३ जिल्लामध्ये १२ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ। दोलखा, काठमाडौँ, भक्तपुर, नुवाकोट, मकवानपुर, काभ्रे, रसुवा, सिन्धुली, धादिङ, रामेछाप, चितवन र ललितपुरमा जिल्ला नेतृत्व चयन भइसकेको छ भने सिन्धुपाल्चोकको अधिवेशन हाललाई स्थगित गरिएको छ। गण्डकी प्रदेशतर्फ स्याङ्जा, कास्की, पर्वत, लमजुङ, म्याग्दी, तनहुँ र गोरखामा अधिवेशन सम्पन्न भइसकेको छ।

नवलपुरमा निर्वाचनको प्रक्रिया जारी छ भने बागलुङमा सहमति भएको भनिए तापनि उजुरी परेका कारण केही अन्योल सिर्जना भएको छ।लुम्बिनी प्रदेशका सबै १२ जिल्लामा अधिवेशनको प्रक्रिया सफलतापूर्वक सम्पन्न भइसकेको छ। जसमा गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, प्युठान, बाँके, बर्दिया, रोल्पा, अर्घाखाँची र रुपन्देही रहेका छन्।कर्णाली प्रदेशका कालिकोट, सल्यान, रुकुम, मुगु र जुम्लामा अधिवेशन सकिएको छ भने सुर्खेत, जाजरकोट र दैलेखमा निर्वाचन प्रक्रिया अघि बढिरहेको छ। यसैगरी सुदूरपश्चिम प्रदेशका बैतडी, बझाङ, दार्चुला, अछाम, डडेलधुरा र कैलालीमा अधिवेशन सम्पन्न भइसकेको छ। डोटी र बाजुरामा भने अहिले निर्वाचनको चरण चलिरहेको छ।समग्र देशको अवस्थालाई हेर्दा हालसम्म ५६ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ भने १२ वटा जिल्लाहरू निर्वाचनको अन्तिम चरणमा रहेका छन्।प्राविधिक वा अन्य विविध कारणले सिन्धुपाल्चोकमा मात्र अधिवेशन स्थगित भएको छ भने डोल्पा, हुम्ला, मुगु, रुकुम पूर्व, मनाङ र मुस्ताङ गरी ६ वटा हिमाली तथा दुर्गम जिल्लाहरूमा अहिलेसम्म अधिवेशन हुन सकेको छैन। रास्वपाले यी बाँकी रहेका जिल्लाहरूमा पनि छिट्टै अधिवेशन सम्पन्न गरेर राष्ट्रिय महाधिवेशनको जग बलियो बनाउने तयारी गरेको बुझिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206