२४ जेठ २०८३, आइतबार

विपन्न वर्गका लागि नयाँ जीवन: १५ जनाको सफल निःशुल्क शल्यक्रिया

Logo
Pulse Khabar आइतबार, जेठ २४, २०८३

सङ्खुवासभा,: जिल्ला अस्पताल सङ्खुवासभामा आङ (पाठेघर) खस्ने समस्या भएका महिलाको निःशुल्क शल्यक्रियाको गरिएको छ ।

जिल्ला अस्पतालमा यही जेठ १९ गतेदेखि २२ गतेसम्म सञ्चालन भएको शिविरमा आङ (पाठेघर) खस्ने समस्या भएका भोजपुर र सङ्खुवासभाका विपन्न महिलाहरू लाभान्वित भएका छन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा सन्तोश देवले आङ खस्ने समस्या भएर पनि आर्थिक समस्याका कारण अन्यत्र गएर उपचार गर्न नसकेका महिला यसबाट लाभान्वित भएको बताउनुभयो । ग्रामीण तथा दुर्गम क्षेत्रका धेरै महिला आर्थिक अवस्था कमजोर हुनुका साथै जनचेतानको अभावका कारण वर्षौँदेखि यो समस्या सहेर बस्न बाध्य हुने गरेकामा शिविरले ठूलो राहत मिलेको उहाँको भनाइ छ । “समयमै उपचार नपाउँदा महिलाको दैनिक जीवन, स्वास्थ्य र मानसिक अवस्थासमेत प्रभावित हुने गरेको छ । त्यसैले शिविरमा बिरामीको स्वास्थ्य परीक्षण, आवश्यक परामर्श तथा शल्यक्रियापछि औषधि र स्वास्थ्य निगरानीसमेत निःशुल्क रूपमा उपलब्ध गराइएको छ”, डा देवले भन्नुभयो ।

शिविरमा करिब एक सय महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो । बिरामीलाई खान बस्नको निःशुल्क व्यवस्था मिलाइएको थियो । अस्पतालमा हार्ड जोर्नी विशेषज्ञ सेवा, बालरोग, सामान्य शल्यक्रिया, फिजियोथेरापी, प्रसूतिलगायत सेवा सञ्चालनमा छन् । यहाँ संखुवासभाका १० स्थानीय तहका मात्रै नभई छिमेकी जिल्ला भोजपुरका आधाभन्दा बढी भेगका नागरिकसमेत उपचारका लागि आउने गरेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206