विराटनगर:राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको सभापतिमा भरत कँडेल निर्वाचित भएका छन् ।
शनिबार भएको पहिलो जिल्ला अधिवेशनबाट कँडेल जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । कँडेलले २०४ मत प्राप्त गर्दै विजयी हुँदा सभापतिको उम्मेदवार कोषराज खनालले ९९(उनान्सय),सागर फुयालले ४१ मत प्राप्त गरे ।नयाँ कार्यसमितिको उपसभापतिमा विमला बस्नेत निर्विरोध निर्वाचित भइन् ।सचिवमा दिवस नेपाल निर्वाचित भएका छन् । सचिवमा नेपाल ९५(पन्चान्नब्बे) सहित विजयी हुँदा सचिवका उम्मेदवार कुमार खुलालले ८५ र इन्जिनियर सुरेश श्रेष्ठले ८१ मत प्राप्त गरेका थिए ।
सहसचिवमा सिर्जना गिरी आचार्य निर्वाचित भएकी छन् । उनले २३० मत प्राप्त गर्दा अर्का उम्मेदवार सन्तोष सिंहले ११३ मत प्राप्त गरेका थिए ।जिल्ला समिति सदस्यहरूमा भावना बस्नेत श्रेष्ठ, ओमकुमार श्रेष्ठ र लक्ष्मी श्रेष्ठ, परमेश्वर शाह निर्वाचित भएका छन् । शनिबार भएको जिल्ला अधिवेशनमा जिल्लाभरबाट ५३१ जना प्रतिनिधि सहभागी भएका थिए । निर्वाचनमा ४८६ मत खसेको थियो ।
