२४ जेठ २०८३, आइतबार

रास्वपा ताप्लेजुङ सभापतिमा राजनकुमार गुरुङ

Logo
Pulse Khabar आइतबार, जेठ २४, २०८३

ताप्लेजुङ:राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ सभापतिमा राजनकुमार गुरुङ चयन हुनुभएको छ ।

गए राति सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट उहाँ सर्वसम्मतिमा चयन हुनुभएको हो ।पार्टी उपसभापतिमा मानबहादुर तामाङ, सचिवमा लीलाप्रसाद पौडेल र सहसचिवमा गोपाल गुरागाईं चुनिनुभएको छ । अधिवेशनले सात जना सदस्य पनि सर्वसम्मतिमा चुनेको छ ।उहाँहरू कमल लेछर्वो, छत्रबहादुर विश्वकर्मा, सुशीला कार्की भोटिया, शान्ति सिवा, हर्कराज गुरुङ, नवीन अधिकारी र राजेन्द्रकुमार थापा हुनुहुन्छ ।

नवनिर्वाचित नेतृत्वले जिल्लामा सङ्गठन विस्तार, सुदृढीकरण तथा सुशासनका एजेण्डालाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभा सदस्य मिङ्मा शेर्पाले शनिबार अपराह्न अधिवेशन उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206