२३ जेठ २०८३, शनिबार

विराटनगरमा ‘पेशागत पत्रकारिता तथा मल्टिमिडिया’ सम्बन्धी तीनदिने क्षमता विकास तालिम सम्पन्न

Logo
सौरभ फुयल शनिबार, जेठ २३, २०८३

विराटनगर: सञ्चारकर्मीहरूको व्यावसायिक तथा प्राविधिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विराटनगरमा आयोजित ‘पेशागत पत्रकारिता तथा मल्टिमिडिया’ सम्बन्धी तीनदिने क्षमता विकास तालिम शुक्रबार सम्पन्न भएको छ।

जुन मिडिया नेटवर्कको आयोजनामा तथा विराटनगर महानगरपालिकाको सहयोगमा सञ्चालित तालिममा मोरङ जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा पत्रकारिता क्षेत्रमा प्रवेश गर्न इच्छुक युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो। सूचना प्रविधिको तीव्र विकाससँगै पत्रकारिताको स्वरूप परिवर्तन हुँदै गएको सन्दर्भमा सहभागीहरूलाई आधुनिक पत्रकारिता, डिजिटल सञ्चार तथा मल्टिमिडिया सामग्री उत्पादनसम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ। तालिमको पहिलो दिन दुईवटा मूख्य सत्र संचालन गरिएको थियो । पहिलो सत्रमा कोशी प्रदेशका मुख्य मन्त्रिका प्रेस सल्लाकार विक्रम लुईटेलले पत्रकारिताको इतिहास, विकासक्रम र वर्तमान चुनौतीबारे प्रशिक्षण दिएका थिए । र दोस्रो सत्रमा चिनारी मिडियाकी प्रबन्ध निर्देशक सिता थापाले स्टोरी टेलिङ तथा पोडकास्ट निर्माणसम्बन्धी विषयमा सहजीकरण गरेकी थिइन्। त्यसैगरी पत्रकार प्रशिक्षक हिमाल दाहालले मल्टिमिडिया पत्रकारिता , एआई र डिजिटल सामग्री निर्माणका विविध पक्षबारे प्रशिक्षण प्रदान गरेका थिए ।

तीन दिनसम्म सञ्चालन भएको तालिममा समाचार लेखन, डिजिटल पत्रकारिता, भिडियो तथा अडियो सामग्री उत्पादन, स्टोरी टेलिङ, (एआई) को प्रयोग तथा सामाजिक सञ्जालका लागि प्रभावकारी सामग्री निर्माणलगायत विषयमा व्यावहारिक अभ्यास गराइएको थियो । समापन समारोहमा प्रमुख अतिथि विक्रम लुईटेल सहित अन्य अतिथिहरूले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए। कार्यक्रममा बोल्दै वक्ताहरूले बदलिँदो सञ्चार परिवेशमा पत्रकारहरूले प्रविधिमैत्री सीप विकास गर्दै सत्य, तथ्य र जिम्मेवार पत्रकारितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए। जुन मिडिया नेटर्वाककी अध्यक्ष तथा कार्यक्रमकी अयोजक झुना भट्टराईले तालिमलाई सफल बनाउन सहयोग गर्ने प्रशिक्षक, सहभागी, तथा सरोकारवालाप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले स्थानीय पत्रकारिताको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन्।

               

 

 

 

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206