२० मंसिर २०८२, शनिबार

काँग्रेसले प्रतिशोधपूर्ण खालको राजनीति गरिरहेको छः ओली

Logo
Pulse Khabar शुक्रबार, बैशाख २८, २०८१

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसले प्रतिशोधपूर्ण राजनीति गरिरहेको आरोप लगाउनुभएको छ ।

डेढ वर्ष प्रधानमन्त्रीको प्रश्ताव गरेको काँग्रेसले आफूले भनेको नमानेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाएर प्रतिशोधपूर्ण ढंगले राजनीतिक गरिरहेको ओलीको आरोप थियो ।

शुक्रवार पार्टी संसदीय दलको बैठकमा बोल्दै उहाँले उपप्रधानमन्त्री लामिछाने सहकारी प्रकरणमा निर्दोष रहेको कुरा महान्यायाधिवक्ताको कार्यालयले समेत स्पष्ट पारेको जिकिर गर्दै ओलीले यस्ता कुरामा संसदीय छानविन समितिको माग गरेर काँग्रेसले राजीनामा माग्ने खेल शुरु गरेको दाबी गर्नुभयो ।

पहिला प्रधानमन्त्रीको प्रश्ताव गरेको काँग्रेसले फेरी लामिछानेमाथि नभएको अभियोग लगाउने कोशिस गरेर छुुद्र राजनीति गरेको ओलीको भनाई थियो ।

ओलीले कसैले उजुरी हालेको भरमा छानविन समिति बनाउने कुरा उचित नभएको र त्यसलाई मान्य पक्षमा आफूहरु नरहेको अडान पनि राख्नुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206