२१ जेठ २०८३, बिहिबार

स्वास्थ्यमा उपलब्धि: विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित

Logo
Pulse Khabar बिहिबार, जेठ २१, २०८३

विराटनगर: विराटनगर महानगरपालिकाले पूर्णखोप सुनिश्चितताको लक्ष्य हासिल गरेको छ ।

पूर्णखोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै ० देखि ५९(उनसट्ठी ) महिनासम्मका ११ हजार ६३० जना बालबालिकालाई पूर्णखोपको पहुँचमा पुर्‍याएपछि सो लक्ष्य हासिल भएको महानगरपालिका खोप शाखाले बताएको छ । महानगरपालिकाका अनुसार पूर्णखोप प्राप्त गर्ने बालबालिकामध्ये ० देखि ११ महिनाका दुई हजार १३९ (एक सय उनन्चालिस) जना, १२ देखि १५ महिनाका ९७७ (नौ सय सतहत्तर) जना, १६ देखि २३ महिनाका एक हजार ५४८ जना तथा २४ देखि ५९ (उनसट्ठी ) महिनाका छ हजार ९६६(नौ सय छयसट्ठी ) जना रहेका छन् । यस उपलब्धिसँगै विराटनगरले बालबालिकालाई खोपबाट रोकथाम गर्न सकिने रोगविरुद्ध सुरक्षित बनाउने अभियानलाई थप संस्थागत र दिगो बनाएको महानगरका वरिष्ठ जनस्वास्थय अधिकृत रमेश कार्कीले जानकारी दिनुभयो ।

उहाँले खोप अभियानले बालमृत्युदर घटाउन, रोगको जोखिम न्यूनीकरण गर्न तथा स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्नुभयो । खोप संयोजक सुशील साहले पूर्णखोप कार्यक्रमले बालबालिकालाई दादुरा, रुबेला, पोलियो, क्षयरोग, डिप्थेरिया, कालीखोकी, टिटानसलगायतका रोगबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ, भन्नुभयो । स्वास्थ्य महाशाखा प्रमुख डा दिलीपकुमार यादवले पूर्णखोप सुनिश्चितताको उपलब्धिलाई स्वास्थ्य क्षेत्रको महत्वपूर्ण सफलता हो भन्नुुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206