२० जेठ २०८३, बुधबार

अष्ट्रेलियामा इभीको तीव्र वृद्धि: विद्युतीय सवारी साधन खरिद गर्ने ग्राहकको संख्या ह्वात्तै बढ्यो

Logo
Pulse Khabar बुधबार, जेठ २०, २०८३

अष्ट्रेलियामा विद्युतीय सवारीसाधनको बिक्री मे महिनामा हालसम्मकै उच्च स्तरमा पुगेको छ ।

अष्ट्रेलियाको मोटर उद्योग महासंघले बुधबार सार्वजनिक गरेको मासिक बिक्री तथ्यांकअनुसार मे महिनामा नयाँ बिक्री भएका सवारीसाधनमध्ये ब्याट्रीबाट चल्ने विद्युतीय सवारीसाधनको हिस्सा २० प्रतिशत पुगेको छ । यो अप्रिलमा कायम भएको १६.४ प्रतिशतको अघिल्लो कीर्तिमानभन्दा बढी हो ।हाइब्रिड र बाह्य चार्ज गर्न मिल्ने हाइब्रिड सवारीसाधनलाई समेत समावेश गर्दा, मे महिनामा बिक्री भएका नयाँ सवारीमध्ये ४६ प्रतिशत विद्युतीकृत सवारीसाधन रहेका महासंघले जनाएको छ ।महासंघका प्रमुख कार्यकारी अधिकृत टोनी वेबरले विद्युतीकृत सवारीसाधनतर्फको परिवर्तन विशेषगरी बहुउपयोगी सवारी क्षेत्रमा स्पष्ट देखिएको बताउनुभयो । उहाँका अनुसार, एक वर्षअघिको तुलनामा मे महिनामा विद्युतीय बहुउपयोगी सवारीको बिक्री १६७ प्रतिशतले वृद्धि भएको छ भने बाह्य चार्ज गर्न मिल्ने हाइब्रिड बहुउपयोगी सवारीको बिक्री ३७७ प्रतिशतले बढेको छ । यसैबीच पेट्रोलबाट चल्ने बहुउपयोगी सवारीको बिक्री भने ३१ प्रतिशतले घटेको छ ।

चिनियाँ सवारी निर्माता कम्पनीले मे महिनामा अष्ट्रेलियामा ८ हजार २११ वटा नयाँ सवारीसाधन बिक्री गरेको छ, जुन सन् २०२५ को सोही अवधिको तुलनामा १५५ प्रतिशत बढी हो । मे महिनाको अन्त्यसम्ममा तीन प्रमुख चिनियाँ सवारी निर्माता कम्पनीहरूले अष्ट्रेलियामा कुल ७८ हजार १६८ वटा नयाँ सवारीसाधन बिक्री गरेका छन्। गत वर्षको सोही अवधिमा यो संख्या ४६ हजार ०२३ थियो ।यद्यपि, टोयोटा अझै पनि अष्ट्रेलियाको सबैभन्दा ठूलो सवारी निर्माता बनेको छ । तर कम्पनीको बिक्री सन् २०२५ को पहिलो पाँच महिनामा भएको १ लाख ७५३ बाट घटेर सन् २०२६ को सोही अवधिमा ७६ हजार ०१७ मा झरेको छ ।विश्लेषकहरूका अनुसार अष्ट्रेलियामा विद्युतीय तथा अन्य विद्युतीकृत सवारीसाधनप्रति उपभोक्ताको आकर्षण तीव्र रूपमा बढ्दै गएको छ, जसले देशको अटोमोबाइल बजारमा महत्वपूर्ण परिवर्तनको सङ्केत दिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206