१९ जेठ २०८३, मंगलबार

भारतीय मिडियामा रवि लामिछानेको लेखः ’नेपाल–भारत विकास यात्रामा साझेदार बन्न चाहन्छ’

Logo
Pulse Khabar मंगलबार, जेठ १९, २०८३

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालको बदलिँदो राजनीतिक परिदृश्य र नेपाल–भारत सम्बन्धको भविष्यबारे भारतको प्रतिष्ठित सञ्चारमाध्यम ‘हिन्दुस्तान टाइम्स’मा लेख प्रकाशित गरेका छन् ।

भारत भ्रमणका क्रममा प्रकाशित उक्त लेखमा उनले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने ऐतिहासिक अवसरको रूपमा व्याख्या गरेका छन् ।आज प्रकाशित लेखमा लामिछानेले दुई देशबीचको सम्बन्धलाई भूराजनीतिक प्रतिस्पर्धा र टकरावबाट मुक्त गरी विकास कूटनीतिमा केन्द्रित गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । उनले नेपालमा पछिल्ला वर्षहरूमा भएको राजनीतिक परिवर्तन शान्तिपूर्ण र लोकतान्त्रिक मतदान प्रक्रियामार्फत सम्भव भएको उल्लेख गर्दै यसलाई राजनीतिक इतिहासकै उल्लेखनीय घटनामध्ये एक भनेका छन् ।लेखमा उनले नयाँ राजनीतिक शक्तिले छोटो समयमै उल्लेखनीय जनसमर्थन प्राप्त गरेको दाबी गर्दै त्यसले नेपाली जनताको आक्रोश र आशा दुवैलाई प्रतिनिधित्व गरेको बताएका छन् । अबको नेपाल सुशासन, विकास र जनताप्रतिको प्रत्यक्ष जवाफदेहिताको मार्गमा अघि बढिरहेको उनको भनाइ छ ।लामिछानेले आफ्नो दलको सबैभन्दा ठूलो विशेषता विगतका राजनीतिक बोझ र पुराना समझदारीबाट मुक्त हुनु रहेको उल्लेख गरेका छन् । उनले नेपाल र भारत केवल छिमेकी राष्ट्र नभई साझा सभ्यता, संस्कृति र धार्मिक सम्बन्धले जोडिएका साझेदार भएको बताएका छन् । अयोध्या–जनकपुर, पशुपतिनाथ–केदारनाथ तथा लुम्बिनी–बोधगयाको सांस्कृतिक सम्बन्धलाई उनले विशेष रूपमा स्मरण गरेका छन् ।

भारतको तीव्र आर्थिक विकासको प्रशंसा गर्दै लामिछानेले नेपाल भारतको विकास यात्राको साझेदार बन्न इच्छुक रहेको बताएका छन् । उनले प्रस्तावित रक्सौल–काठमाडौं रेलवे परियोजना पूरा भए व्यापार, पर्यटन र क्षेत्रीय सम्पर्कमा ठूलो परिवर्तन आउने विश्वास व्यक्त गरेका छन् ।त्यस्तै, पोखरा र लुम्बिनीबाट दिल्ली, मुम्बई तथा बेंगलुरुसम्म सिधा हवाई सेवा विस्तार गर्नुपर्ने प्रस्ताव राख्दै ‘काठमाडौं–बेंगलुरु डिजिटल करिडोर’ निर्माणको अवधारणा अघि सारेका छन् । उनले सीमा क्षेत्रमा रासायनिक मल कारखाना स्थापना, प्राविधिक नवप्रवर्तन केन्द्र निर्माण तथा भारतका प्रतिष्ठित शैक्षिक संस्थाका मोडल नेपालमा विस्तार गर्न भारतीय पक्षलाई आग्रह गरेका छन् ।खेलकुद क्षेत्रको सहकार्यबारे चर्चा गर्दै लामिछानेले नेपाली खेलाडी र रंगशालालाई इन्डियन प्रिमियर लिग (आईपीएल) जस्ता प्लेटफर्मसँग जोड्ने सम्भावनाबारे समेत विचार भइरहेको उल्लेख गरेका छन् ।

लेखमा उनले नेपाल–भारत सम्बन्धलाई विकास, लगानी, व्यापार र ऊर्जा सहकार्यमा आधारित नयाँ ढाँचामा अघि बढाउनुपर्नेमा जोड दिएका छन् । कूटनीतिक नियोगहरूलाई लगानी र व्यापार प्रवद्र्धनको प्रभावकारी माध्यम बनाउनुपर्ने तथा एकीकृत ऊर्जा बजार निर्माणमा दुवै देशले ध्यान दिनुपर्ने उनको सुझाव छ ।लेखमा लामिछानेले सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नेपाली संसद्मा दिएको सम्बोधन स्मरण गर्दै दुई देशबीचको विश्वास र आत्मीयतालाई पुनः सुदृढ बनाउन आवश्यक रहेको बताएका छन् । उनले नेपाल र भारतसँग विगतको विश्वास, सहकार्य र न्यानोपनलाई पुनर्जीवित गर्नुको विकल्प नरहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206