१७ बैशाख २०८२, बिहिबार

कोशीमा आजै नयाँ सरकार बन्दै

Logo
Pulse Khabar बिहिबार, बैशाख २७, २०८१

प्रदेश प्रमुख पर्शुराम खापुङ्ले नयाँ सरकार गठनको लागि आव्हान गरेपछी नेकपा एमाले र माओवादीले आजै दावी प्रस्तुत गर्ने भएका छन ।

एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन आज बिहान दाबी गर्ने र दिउँसो सनाखत गराउने तयारी छ । आज नै हिक्मत कार्कीलाई नयाँ मुख्यमन्त्रीका रुपमा  प्रदेश प्रमुख खापुङले सपथ गराउनु हुने छ ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिएपछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेका गर्नु भएको हो ।

सरकारमा सहभागी माओवादी केन्द्र र सरकारलाई समर्थन गरेको नेकपा एमालेले गत चैत २६ गते सरकारलाई दिएको विश्वासको मत र समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले मङ्गलबार राति १२ बजेसम्ममा प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने थियो ।

तर, उहाँले विश्वासको मत नलिई राजीनामा समेत दिन अस्वीकार गरेकोमा प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गर्नु भएको हो ।

नयाँ सरकार गठनको लागि खापुङले बैशाख २८ गते ५ बजेसम्मको समय दिनुभएको छ । प्रदेशसभामा बहुमत जुटाउनसक्ने कुनै पनि सदस्यलाई मुख्यमन्त्रीको दावी पेश गर्न प्रदेश प्रमुखले आह्वान गर्नु भएको हो ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206