१७ जेठ २०८३, आइतबार

कोशी प्रदेशसभाः सहमति नजुट्दा रोकिएको बजेट प्राथमिकता अन्तत

Logo
Pulse Khabar आइतबार, जेठ १७, २०८३

विराटनगर:कोशी प्रदेशसभामा सरकारले सिद्धान्त र प्राथमिकता पेश भएको छ । कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारितको प्रक्रियालाई लिएर सुरु भएको अवरोध अन्त्य भएपछि सिद्धान्त र प्राथमिकता पेश भएको हो ।

गत जेठ १२ गते सभामुख अम्बरबहादुर विष्टले नीति तथा कार्यक्रमाथि संशोधनको समय नै नदिई सर्वसम्मतीका आधारमा नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेका थिए ।संशोधनको समय नदिएको भन्दै प्रतिपक्षी दल नेकपाले संसद अवरुद्ध गरेको थियो । जेठ १३ गते अवरोधका क्रममा पूर्वमुख्यमन्त्री राजेन्द्र राई जवरजस्ती रोष्ट्रम पुगेर माइक फाल्न खोजेका थिए । त्यसपछि बैठक आजसम्मका लागि स्थगीत भएको थियो ।प्रदेशसभाको बैठक बस्नु अघि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सभामुख र दलका नेताहरूबिच नीति तथा कार्यक्रम प्रदेशसभाले सर्वसम्मत पारित भएको भन्ने सभामुखको घोषणा सच्याउने र सहमति सभामुखले प्रदेशसभाको बैठकमा वाचन गर्ने सहमति भएको थियो । सहमतिको विषय सभामुख अम्बरबहादुर विष्टले सभामा जानकारी गराएका थिए । त्यसपछि प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री बिदुर लिङथेपले बजेटका प्राथमिकता र सिद्धान्त पेस गरे ।

स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माणको लक्ष्य राखिएको प्राथमिकतामा पर्यटन प्रवद्र्धनका लागि २०८३ साउनदेखि २०८५ असारसम्मलाई कोशी भ्रमण वर्षको रूपमा मनाइने र पर्यटकीय पदमार्गहरूको विकास गरिने उल्लेख छ ।सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारी संयन्त्रलाई डिजिटल बनाइने र आयोजनाहरूको अनुगमनमा कडाइ गर्ने, कृषिको आधुनिकीकरण र स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापनामा निजी क्षेत्रलाई प्रोत्साहनलाई प्राथमिकतामा राखिएको छ ।रणनीतिक सडकहरूको निर्माणलाई तीव्रता दिइने, स्वच्छ खानेपानी पु¥याइने र प्रादेशिक अस्पतालहरूलाई प्रविधिमैत्री एवं विशेषज्ञसहितको बनाइने योजना बनाएको सरकारले करको दबाबलाई चिर्न करको दायरा विस्तार गर्ने र युवाहरूलाई स्वदेशमै रोजगारी दिने कार्यक्रम बजेटमा राखिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206