२९ आश्विन २०८३, बिहिबार

प्रेममा खटपट : प्रेमिकामाथि गोली प्रहार

Logo
Pulse Khabar शुक्रबार, बैशाख २१, २०८१

झापा । प्रेम सम्बन्ध विवादमा परिणत हुँदा प्रेमीको गोली प्रहारबाट प्रेमिका घाइते भएकी छिन् ।  झापाको दमक नगरपालिका–५ मा बस्दै आएकी १८ वर्षीया एनिकामाथि आज दिउँसो साढे १२ बजे गोली प्रहार भएको थियो ।

दमक–२ स्थित हिमाली माविमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गरेकी गजमेरमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) मिलन केसीले बताउनुभयो
।
गोलीको छर्रा लागेर उनको पेटको नाइटोमाथि जलेको, दबेको जस्तो चोट देखिएको छ । ‘गोली पेटभित्र छिर्न पाएन,’ एसपी केसीले भन्नुभयो, ‘गोली कपडामा अकडिएको अवस्थामा चिकित्सकले फेला पारेको थियो ।’

घाइतेको अवस्था सामान्य रहेको र उनको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको जनाइएको छ । एनिका दिदीसँग दमक– ५ कमल बुढाथोकीको घरमा डेरा गरी बस्दै आएकी थिइन् ।

यता गोली प्रहार गर्ने युवक सिराहाका अमितकुमार यादव हुन् । उनको नाम प्रहरीले सार्वजनिक गरेको छैन । एक प्रहरी अधिकारीका अनुसार अमित र एनिकाबीच लामो समयदेखि प्रेम सम्बन्ध थियो ।

प्रेममा खटपट भएका कारण अमितले एनिकालाई हत्या गर्ने मनसायले गोली प्रहार गरेको हुन सक्छ । उनले कटुवा पेस्तोलबाट गोली प्रहार गरेको हो । पेस्तोल पुरानो र खिया लागेको कारणले शरीरमा गोली छिर्न पाएन । गोली कपडामा लागेर बेरिएको हो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206