१७ जेठ २०८३, आइतबार

बजेट २०८३/८४ः स्वास्थ्य क्षेत्रमा रु १ खर्ब २ अर्ब विनियोजन

Logo
Pulse Khabar शुक्रबार, जेठ १५, २०८३

काठमाडौँ: सरकारले आगामी वर्ष २०८३÷८४ वर्षका लागि स्वास्थ्य क्षेत्रमा रु एक खर्ब एक अर्ब ९५(पन्चान्नब्बे) करोड विनियोजन गरिएको छ ।

सङ्घीय संसद्को सयुक्त बैठकमा आज आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले स्वास्थ्य क्षेत्रमा रु एक खर्ब एक अर्ब ९५(पन्चान्नब्बे) करोड बजेट विनियोजन गरिएको बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य बिमा कार्यक्रममा १५ अर्ब बजेट विनियोजन गरेको छ । विपन्न नागरिक उपचार, आमा सुरक्षा कार्यक्रम, निःशुल्क औषधिलगायत स्वास्थ्य सामाजिक सुरक्षा कार्यक्रममा लागि रु १३ अर्ब १५ करोड विनियोजन गरिएको अर्थमन्त्री डा वाग्लेले बताउनुभयो ।

कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत दुर्गम क्षेत्रमा ‘टेलिमेडिसिन’ सेवा विस्तार गरिने छ । ‘भिडियो कल्सल्टेसन’ मार्फत विशेष स्वास्थ्य सेवा सुनिश्चित गर्ने मन्त्री डा वाग्लेले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206