

इलाम । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी हुनु भएको छ । आज बिहान सम्पन्न मत गणनामा सुहाङले निकटतम प्रतिद्वन्द्वीभन्दा ५ हजार ८३० मत बढी ल्याएर विजयी हुनु भयो ।
सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्नु भयो । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काले २१ हजार ९४२ मत मात्रै ल्याउन सफल हुनु भयो ।
इलाममा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाँल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बूले ५ हजार ५० मत मात्र ल्याए ।
२०७९ मंसिर ४ गते भएको निर्वाचनका गठबन्धनका उम्मेदवार हराउँदै निर्वाचित भएका सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधन भएपछि इलाम २ मा उपनिर्वाचन भएको हो ।