१३ जेठ २०८३, बुधबार

स्वास्थ्य बीमा सेवा स्थगित, आकस्मिक सेवा भने सञ्चालनमै

Logo
सौरभ फुयल बुधबार, जेठ १३, २०८३

विराटनगर:नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत प्रदान गर्दै आएको आकस्मिक बाहेकको सेवा अस्थायी रूपमा स्थगित गरेको जनाएको छ।

नेपाल सरकार स्वास्थ्य बीमा बोर्डको २०८३ जेठ ११ गतेको निर्णयअनुसार अस्पतालले २०८३ जेठ १६ गतेसम्म अर्को निर्णय नभएसम्म स्वास्थ्य बीमासम्बन्धी नियमित सेवाहरू स्थगित गरीएको प्रशासनले जानकारी दिएको हो । अस्पताल प्रशासनद्वारा जारी सूचनामा आकस्मिक (इमर्जेन्सी) सेवाहरू भने पूर्ववत् रूपमा सञ्चालन भइरहने उल्लेख गरिएको छ। सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति अस्पतालले क्षमायाचना गर्दै आवश्यक सहयोग र समन्वयका लागि प्रशासन सधैं प्रतिबद्ध रहने जनाएको छ।

यस निर्णयसँगै स्वास्थ्य बीमा सेवामा निर्भर बिरामी तथा सेवाग्राही प्रभावित हुने देखिएको भन्दै अस्पतालले चिन्ता व्यक्त गरेका छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206