१७ बैशाख २०८२, बिहिबार

अग्रता बढाउँदै सुहाङ, पहिचान पक्षका थेगिमले स्वीकारे हार

Logo
Pulse Khabar सोमबार, बैशाख १७, २०८१

इलाम । प्रतिनिधि सभा सदस्यका लागि इलाम(२ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले लगातार अग्रता बढाइरहेनु भएको छ ।

अहिले पछिल्लो मत परिणाम अनुसार एमाले दोश्रोमा रहेको काँग्रेस भन्दा २ हजार ६ सय ४३ मतले अगाडि रहेको छ । नेकपा एमालेले ८ हजार चार सय  ८८ मत ल्याउँदा नेपाल कांग्रेसको ५ हजार ८ सय ४४ मत रहेको छ । पहिचानवादी समर्थित स्वतन्त्र उम्मेदवार (मुडा) ले ४ हजार २ सय ६२ मत ल्याउँदा रास्वपाले १ हजार २ सय ६९ भोट पायो । अहिले मासेबुङ गाउँपालिकामा मतगणना भइरहेको छ ।

यता कोर एरियामा नै मत नपाएपछि पहिचान पक्षधरका साझा उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाव जित्न अब गाह्रो रहेको बताउनुभयो । थेगिमले कोर एरियाबाट पनि लिड गर्न नसकेपछि यस्तो प्रतिकृया दिनुभएको हो । उहाँले चुनाव जित्न नसके पनि पहिचानका पक्षमा माहौल बनेको टिप्पणी गर्नुभयो ।

इलाम क्षेत्र नम्बर २ अन्तरगत चुलाचुली गाउँपालिका पहिचानवादीहरूको कोर एरियाको रूपमा मानिन्थ्यो । सो पालिकाको ५ वटा वडाको अन्तिम मत परिणाम आउँदा उनले ३०९५ मत पाउनुभयो । जबकि सोही पालिकामा एमालेले ३२६४ मत पाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206