०९ जेठ २०८३, शनिबार

ताप्लेजुङ बन्यो ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना’ घोषित जिल्ला

Logo
Pulse Khabar शुक्रबार, जेठ ०८, २०८३

ताप्लेजुङ:ताप्लेजुङ जिल्लालाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको जिल्ला’ घोषणा गरिएको छ ।फुङ्लिङमा आयोजित एक कार्यक्रमका बीच कोशी प्रदेशका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बूले जिल्लालाई पूर्ण खोप सुनिश्चितता भएको घोषणा गरेका हुन् ।

जिल्लाका ९ वटै स्थानीय तहका सबै वडा र पालिकाहरूले पूर्ण खोप सुनिश्चितताको मापदण्ड पूरा गरेपछि ताप्लेजुङलाई पूर्ण खोप सुनिश्चितता भएको घोषणा गरेको हो । सरकारले तोकेको मापदण्ड अनुसार जन्मेदेखि ५९ महिनासम्मका सबै बालबालिकाले अनिवार्य रूपमा पाउनुपर्ने सबै खोप लगाएको सुनिश्चित भएपछि यो घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख सुमन तिवारीका अनुसार जिल्लाभरका कुल ६ हजार ७ सय ८६ जना बालबालिकाले खोप सेवा प्राप्त गरेका छन् । जन्मेदेखि ११ महिनासम्मका एक हजार १२२ जना, १२ महिनादेखि १५ महिनासम्मका ४७५ जना, १६ महिनादेखि २३ महिनासम्मका ९४३ जना र २४ देखि ५९ महिनासम्मका चार हजार २४६ बालबालिकालाई खोप दिइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

विकट भूगोलका बाबजुद पनि स्वास्थ्यकर्मी र स्वयंसेविकाहरूको सक्रियताले नै यो उपलब्धि सम्भव भएको भन्दै उनीहरूको प्रशंसा गरिएको छ ।घोषणा कार्यक्रममा बोल्दै मन्त्री लिम्बूले खोप सुनिश्चित हुनु मात्र ठुलो कुरा नभई यसलाई निरन्तरता दिनु (दिगोपना) चुनौतीपूर्ण रहेको बताए । उनले बालबालिकाको स्वास्थ्य अधिकार सुरक्षित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी दिनमा पनि खोपको पहुँचबाट कुनै पनि बालबालिका छुट्न नहुनेमा जोड दिए। कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि,स्वास्थ्यकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206