

काठमाडौं । नेपाल प्रहरीले १ हजार ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगद सहित ७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
शुक्रवार पत्रकार सम्मेलन गरी उपत्यका अपराध अनुसन्धान कार्यालयले यसबारेमा जानकारी दिएको हो । पक्राउ पर्नेहरुमा दार्चुलाका वर्ष ४७ का गणेशदत्त बडू, भारतको महारष्ट्रका ३७ वर्षीय अमल विभूती, १८ वर्षीय प्रकाश विभूती र गणेशसतिस बाल्टे रहेको डिएसपी सुरक्षा केसीले बताउनु भयो ।
त्यस्तै उहाँले पक्राउ पर्नेहरुमा झापा बिर्तामोडका वर्ष ३० का दिनेश खरेल, २२ वर्षीय भरतराज खरेल र दार्चुलाका वर्ष २१ का आयुष बडू रहेको बताउनु भयो ।
बिहीवार न्युरोडको एक हुण्डी गोदाममा छापा मार्दा उक्त सुन, रकम र संलग्नहरुलाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।