

विराटनगर । विराटनगरको शिक्षादीप कलेजमा जलवायु सम्मेलन सम्पन्न भएको छ । नाष्टका सहप्राज्ञ ईन्द्रमणि भगतको प्रमुख आतिथ्यमा सो कलेजमा दोश्रो जलवायु सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनमा सो कलेजमा जीव विज्ञान अध्ययनरत कक्षा ११ का विद्यार्थीहरुले सहभागिता थिए । सम्मेलनमा विद्यार्थीहरुले वातावरण परिर्वतनको बिषयमा आफ्ना खोज र अनुसन्धानमुलक प्रस्तुतिकरण राखेका थिए । कार्यक्रमकाबिच ८ समुहका विद्यार्थीहरुले बढ्दो तापक्रमको कारण र न्युनिकरणका उपाय सहित मिचहा प्रजातिको वनस्पतिका कारण परेको प्रभाव र नियन्त्रणको उपायको प्रस्तुतिकरण दिएका थिए ।
यस्तै अम्लियबर्षाको कारण, खाद्य प्रदुषण तथा प्लाष्टिक प्रदुषण लगायतका बिषयमा खोजमुलक प्रस्तुतिकरण राखेका थिए । उहाँले विद्यार्थीहरुलाई सहभागी गराएर आयोजना गरिएको सम्मेलनले विद्यार्थीहरुको मनोबल बढाउनुका साथै उनिहरुमा जिज्ञासा समेत बढाउने भएकाले यसप्रकारको सम्मेलनलाई अन्य कलेजहरुले समेत अंगिकार गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्नुहुँदै कलेजका निर्देशक तथा प्राध्यापक रामचन्द्र अधिकारीले वातावरण प्रदुषण जल्दोबल्दो समस्या भएकाले त्यसको कारणका बिषयमा विद्यार्थीहरुबाटै खोज अनुन्धानका साथै समुदायलाई सन्देश दिनेगरी कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कलेजले गएको शैक्षिकसत्र देखी विद्यार्थीलाई सहभागि गराएर जलवायु सम्मेलन आयोजना गर्दै आएको छ ।