०७ जेठ २०८३, बिहिबार

कोशी प्रदेशसभाको नवौँ अधिवेशन सुरु, सदनमा अध्यादेश पेस

Logo
Pulse Khabar बुधबार, जेठ ०६, २०८३

विराटनगर:कोशी प्रदेशसभाको नवौँ अधिवेशनको आज बसेको पहिलो बैठकमा ‘प्रदेश खेलकुद (पहिलो संशोधन) अध्यादेश, २०८३ सभामा पेस भएको छ ।

कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री रामप्रसाद महतोले सो विधेयक पेस गर्दै उक्त विधेयकले प्रदेश खेलकुदलाई सक्षम एवं सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । बैठकमा नेपाली कांग्रेस कोशी प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले चालु अधिवेशनको सफलताको शुभकामना दिँदै अधिवेशनले सार्थकता पाओस् भन्नुुभयो । उहाँले सरकारले ल्याउन लागेको वार्षिक नीति तथा कार्यक्रमले सबै क्षेत्रलाई समेट्न सकोस् भन्दै गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनले मुलुकलाई नयाँ ढङ्गले अधि बढाउन प्रेरित गरेको कुरामा जोड दिनुभयो ।नेता थापाले नयाँ सोच र विचारमा प्रभावित नीति तथा कार्यक्रम आउनुपर्ने धारणा राख्दै समृद्धिको बाटो खोल्न पर्यटन प्रवद्र्धनका निम्ति पूर्वाधारमा लगानी बढाउनुपर्ने बताउनुभयो । उहाँले कोशी प्रदेशसभाको सदस्यहरुको योजनालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने भन्दै सरकार सुशासनको मार्गबाट पछि हट्न नहुने स्पष्ट पार्नुभयो।नेपाल कम्युनिष्ट पार्टी कोशप्रदेशसभा संसदीय दलका उपनेता तिलकुमार मेङ्याङबो लिम्बूले अधिवेशनको शुभकामना दिने क्रममा संसदीय प्रणाली एवं व्यवस्था जीवित राख्न सरकार गम्भीर हुनुपर्ने कुरामा जोड दिनुभयो ।

नेपाली कम्युनिष्ट पार्टी कोशी प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सङ्घीयता र संविधानप्रति सङ्घीय सरकार जिम्मेवार बन्नुपर्ने भन्दै सरकारका कारण कार्यपालिका र न्यायापलिकाबीच टकराव हुुनुहुँदैन भत्रुभयो । उहाँले जनतालाई भरोसा दिन सक्ने सरकारको नीति तथा कार्यक्रम तथा बजेट आउनुपर्ने बताउँदै कानुन जिम्मेवारी लिन सक्ने र जवाफ दिन सक्ने हुनुपर्ने सुझाव दिनुभयो ।राष्ट्रिय प्रजातन्त्र पार्टी कोशी प्रदेशसभा संसदीय दलका तर्फबाट कोशी प्रदेशसभा सदस्य प्रेमराज थाम्साङले सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम जनताको चाहना र विश्वासलाई पूरा गर्नसक्ने हुनुपर्ने बताउनुभयो । उहाँले अधिवेशनको शुभकामना दिने क्रममै शिक्षा, स्वास्थ्य, महँगी र गरिबी न्यूनीकरणमा सरकारको ध्यान जाओस् भन्नुुभयो ।कोशी प्रदेश सरकारले बिहीबार अपराह्न ३ः०० बजे आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि वार्षिक नीति तथा कार्यक्रम पेस हुनेबारे सभामुख अम्बरबहादुर विष्टले प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर सुनाउनुभएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206