२० मंसिर २०८२, शनिबार

गठबन्धन टुटेपछि काँग्रेसले राजनीतिक पूर्वाग्रह राख्दै बखेडा झिक्यो : प्रधानमन्त्री दाहाल

Logo
Pulse Khabar बिहिबार, चैत्र २९, २०८०

विराटनगर । सत्तामा सहकार्य टुटेपछि रवि लामिछानेको विषयमा कांग्रेसले अनावश्यक बखेडा झिकेको प्रधानमन्त्री पुष्पकमल दाहालले दाबी गर्नुभएको छ ।

आज विराटनगर विमानस्थलमा संचारकर्मीसँग गृहमन्त्री रवि लामिछानेको विषयमा समस्या सृजना गरेको भन्दै उहाँले यो राजनीतिक पूर्वाग्रह भएको बताउनुभयो । अहिले गठबन्धन भत्किएपछि गृहमन्त्री रवि लामिछानेलाई केन्द्रमा राखेर समस्या सिर्जना गरिएको उहाँले बताउनुभयो ।

प्रतिनिधिसभामा केही दिनयता देखिएको गतिरोध चाँडै अन्त्य हुने उहाँले बताउनुभयो । राजनीतिक तहमा संवाद सुरु भएको भन्दै उहाँले चाँडै निकास निस्किने दाबी गर्नुभयो ।

प्रधानमन्त्रीले देशैभरि सहकारीको समस्या उत्पन्न भएको भन्दै सहकारीसँग सम्बन्धित मुद्दा र रवि लामिछानेको विषयको मुद्दाबारे अलग अलग अध्ययन गरी समस्या समाधान गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206