२६ जेठ २०८२, सोमबार

उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू, निर्वाचन हुने जिल्लामा रक्सी रोक्न गृहलाई आयोगको निर्देशन

Logo
Pulse Khabar बुधबार, चैत्र २८, २०८०

काठमाण्डौ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ । इलाम–२ मा हुने प्रतिनिधि सभा र बझाङ १ (क) मा हुने प्रदेश सभा चुनावका लागि आचारसंहिता लागू भएको हो । आचारसंहिता इलाम र बझाङ जिल्लामा लागू हुने छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिता आजदेखि चुनाव सम्पन्न नभएसम्म लागू हुने बताउनुभयो ।

इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ १ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि दुवै क्षेत्रमा उपचुनाव हुन लागेको हो ।

निर्वाचन आयोगको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको हिजो बसेको बैठकले आचारसंहिताको पालना गर्न जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिएको छ ।

आयोगले आचारसंहिता पालना तथा राजनीतिक दल तथा उम्मेदवारले गर्न पाउने चुनाव खर्चको सम्बन्धमा आचारसंहिता विपरीत भएमा तत्काल कारबाही गर्ने निर्णय गरेको छ । यस्तै बैठकले वैशाख २ गतेदेखि मतगणना कार्य सम्पन्न नभएसम्म उपचुनाव हुने जिल्लाभित्र जाँड–रक्सी वितरण तथा प्रयोगलाई नियन्त्रण गर्ने गराउने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

यस्तै आयोगले उपचुनाव हुने क्षेत्रमा वैशाख १३ र १४ गते विद्यालय बन्द गर्न सरकारलाई आग्रह गरेको छ । मतदान हुने दिन १५ गते शनिवार पर्छ । उपचुनाव अन्र्तगत इलाम–२ मा १९ जना तथा बझाङ–१ ९क० मा ११ जनाको उम्मेदवारी कायम भएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206