३० बैशाख २०८३, बुधबार
ADVERTISEMENT

मन्त्रिपरिषद् बैठकका चार महत्त्वपूर्ण निर्णय सार्वजनिक

Logo
Pulse Khabar बुधबार, बैशाख ३०, २०८३

काठमाडौं:सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले चारवटा महत्त्वपूण निर्णय गरेको छ । बैठकले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गरेको छ ।
जसले सरकारी निकायहरूको कार्यक्षेत्र र जिम्मेवारी पुनःसमायोजन गर्ने अपेक्षा गरिएको छ।त्यस्तै,विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ मा संशोधन स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ । यस संशोधनमार्फत डिजिटल शासन प्रणालीलाई थप प्रभावकारी र व्यवस्थित बनाउने लक्ष्य राखिएको छ ।

बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभा सदस्यहरू सुशील खड्का (बागलुङ) र योगेश गौचन थकाली (मुस्ताङ)लाई मनोनयन गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी, बैठकले भूमिसम्बन्धी (एक्काइसौँ संशोधन) नियमहरू, २०८३ पनि स्वीकृत गरिएको छ । यसले भूमि प्रशासन तथा व्यवस्थापनसम्बन्धी कानुनी संरचनालाई अद्यावधिक गर्ने उद्देश्य राखेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206