२६ जेठ २०८२, सोमबार

सुनसरीका पाँच स्थानीय तहमा कर्फ्यू

Logo
Pulse Khabar शुक्रबार, चैत्र २३, २०८०

विराटनगर । दुई समूहबीच विवाद बढेपछि सुनसरीका पाँच पालिकामा कर्फ्यू आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यू लगाएको हो । एक युवकलाई कुटपिट गरेको विषयमा दुई समूहबीच झडप भएपछि प्रशासन कार्यालयले पाँच वटा पालिकामा कर्फ्यू आदेश जारी गरेको सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुँयालले बताउनुभयो ।

इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र कोशी गाउँपालिकामा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरिएको हो ।

साथै स्थानीय प्रशासनले पूर्व पश्चिम राजमार्गमा पनि सतर्कता बढाएको छ । राजमार्गमा लामो दूरीका सवारी साधनलाई निगरानीमा राखेर मात्रै आवतजावत गर्न दिइएको छ । हरिनगर गाउँपालिका(१ भुटाहामा बिहीबार एक युवकमाथि स्थानीयले कुटपिट गरेका थिए । कुटपिट भएको विषयमा आज दुई समूहबीच झडप भएको थियो ।

दुई समूहबीचको झडपले उग्ररूप लिएपछि अनिश्चितकालका लागि प्रशासनले पाँच पालिकामा कर्फ्यू आदेश जारी गरेको हो ।

 

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206