सौरभःआज मंगलवार सुनचाँदीको भाउमा उल्लेख्य वृद्धि देखिएका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ४ हजार ४ सय रुपैयाँले बढेर ३ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ भने अघिल्लो दिन सोमबार प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५९ हजार ६ सय ९० रुपैयाँ कायम भएको छ।
चाँदीको भाउ पनि तोलामा ३ सय ५५ रुपैयाँले वृद्धि भएर तोलाको पाँच हजार ६९५ रुपैयाँ कायम भएको छ । साथै आज १० ग्राम चाँदीको मूल्य भने ४ हजार ८ सय ८३ रुपैयाँ तोकिएको छ।