

काठमाडौं । मादक पदार्थ सेवन गरेर होहल्ला गरेपछि गायक राजेश पायल राई पक्राउ परेका छन् । उनलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।
राजेश पायल राई सहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरी प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको काठमाडौं उपत्यकाका प्रहरी कार्यालयका एआईजी दीपक थापाले बताउनुभयो ।
गएराति काठमाडौं उपत्यकाभरबाट मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने र हुल हुज्जत गर्न खोज्ने १७२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुमध्ये धेरैजसोलाई आज आफन्तको जिम्मा लगाइएको छ ।
गायक राईलाई पनि आफन्तको जिम्मा लगाउने प्रहरीको तयारी छ ।