२६ जेठ २०८२, सोमबार

बिआरआई कार्यान्वयनको लागि चीनमा छलफल भयो : परराष्ट्रमन्त्री श्रेष्ठ

Logo
Pulse Khabar बुधबार, चैत्र २१, २०८०

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चीन भ्रमणका क्रममा बेल्ट एण्ड रोड इनिसियटको कार्यान्वयन योजनालाई अन्तिम रुप दिने बारेमा छलफल भएको बताउनुभएको छ ।

परराष्ट्रमन्त्री श्रेष्ठले आज समसामयिक विषयमा प्रतिनिधि सभा बैठकमा बोल्दै आफ्नो चीन भ्रमणका क्रममा बिआरआई कार्यान्वयनको योजनालाई अन्तिम रुप दिने सम्बन्धमा छलफल भएको बताउनुभएको हो ।

उहाँले कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीन बीचका १४ वटा परम्परागत व्यापार सिमा नाकाहरु यथाशिघ्र खोल्ने सहमती भएको पनि बताउनुभयो । त्यस्तै नेपाल चीनबिच विद्यमान मैत्रीपूर्ण सम्बन्धका विविध आयामहरुमा नियमित रुपमा उच्च स्तरमा छलफल गर्न नेपाल र चीनका परराष्ट्रमन्त्री स्तरमा एक संयुक्त आयोग गठन गर्न दुवै पक्ष सहमत भएको जानकारी पनि उहाँले दिनुभयो ।

उहाँले चीन भ्रमण गर्न चाहाने नेपालीहरुलाई चिनियाँ भिसा निःशुल्क उपलब्ध गराउन अनुरोध गरेको बताउनु भयो । परराष्ट्रमन्त्री श्रेष्ठले चीनले नेपाललाई थप गुणात्मक सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको बताउनु भयो । उहाँले नेपालको काठमाडौँ र चीनको तिब्बत स्वशासित क्षेत्रको ल्हासाबीच सिधा बस सेवा पुनः सञ्चालन गर्न दुवै पक्ष सकारात्मक भएको पनि जानकारी दिनुभयो ।

परराष्ट्र मन्त्री श्रेष्ठले आफ्नो चीन भ्रमणले नेपाल र चीन बीचको आपसी समझदारी थप गहिरो भएको र नेपाल र चीन बिचको सद्भावले थप उचाई प्राप्त गरेको बताउनु भयो ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: news@pulsekhabar.com

बिज्ञापनको लागी:

9862006206