०८ चैत्र २०८२, आइतबार

जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सा सेवा

Logo
Pulse Khabar आइतबार, चैत्र ०८, २०८२

मान्म (कालीकोट): जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सा सेवा पुनः सञ्चालनमा आएको छ । विगत लामो समयदेखि अवरुद्ध रहेको जिल्ला अस्पतालबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिँदै आएको विशेषज्ञ चिकित्सा सेवा पुनः सञ्चालनमा आएको हो ।

विगतमा दिनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले हरेक महिनाको पहिलो हप्ता र अन्तिम हप्ताको शुक्रबारका दिन जिल्ला अस्पतालबाट विशेषज्ञ चिकित्सा सेवा दिँदै आएको थियो । प्रतिष्ठानले कालीकोट जिल्ला अस्पतालबाट प्रदान गरिँदै आएको विशेषज्ञ चिकित्सा सेवा विगत १० महिनादेखि विभिन्न कारणले नियमित हुनसकेको थिएन ।

विगतमा लामो समयदेखि अवरुद्ध रहेको विशेषज्ञ चिकित्सा सेवा चैत ६ गते शुक्रबारदेखि पुनः सञ्चालन भएसँगै स्थानीय नागरिकले जिल्लामै विशेषज्ञ उपचार सेवा पाउने भएको जिल्ला अस्पतालका सूचना अधिकारी कटक महतले बताउनुभयो ।

“विशेषज्ञ चिकित्सक परिचालन गरी सेवा पुनः सञ्चालन गरिदिएकामा स्वास्थ्य सेवा कार्यालय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानप्रति आभारी छौँ”, उहाँले भन्नुभयो, “अब जिल्ला अस्पतालमै नियमित रूपमा विशेषज्ञ सेवा विस्तार गरिनेछ ।”

सेवा विस्तारसँगै स्थानीय बासिन्दालाई बाहिरी जिल्लामा धाउनुपर्ने बाध्यता घट्ने र गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध हुने अपेक्षा गरिएको सूचना अधिकारी महतले जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206