१९ फाल्गुण २०८२, मंगलबार

एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

Logo
Pulse Khabar मंगलबार, फाल्गुण १९, २०८२

ढोरपाटन (बागलुङ): यहाँका दुई हजार ३०२ जना किशोरीले पाठेघरको मुखको क्यासरविरुद्वको (एचपिभी) खोप लगाएका छन् । अघिल्लो वर्षबाट दिन थालिएको उक्त खोप यस वर्ष कक्षा ६ देखि १० सम्म अध्ययनरत र विद्यालय बाहिरका किशोरीले खोप लगाएका हुन् ।

यस वर्ष जिल्लाभर दुई हजार ३१३ जना किशोरीलाई एचपिभी खोप दिने लक्ष्य रहेको प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार बागलुङ नगरपालिकाका ५५६, गलकोटका २६८, जैमिनीका १५८, ढोरपाटन नगरपालिकाका ४१९ जना किशोरीले खोप लगाएका छन् ।

त्यस्तै काठेखोला गाउँपालिकाका १३५, तमानखोलाका १०१, ताराखोलाका ५५, निसीखोलाका २३५, बडिगाडका ३०९ र बरेङ गाउँपालिकाका ७३ जना किशोरीले एचपिभी खोप लगाएका घिमिरेले बताउनुभयो ।

विद्यालय जाने दुई हजार २७१ र विद्यालय नजाने १४ र छुटेका १७ जना किशोरीले यसपटक खोप लगाएको उहाँको भनाइ छ । गत वर्ष ११ हजार १७७ किशोरीले एचपिभी खोप लगाएका थिए । तोकिएको उमेर समूहका किशोरीलाई खोप लगाउनबाट नछुटाउनका लागि फागुनभित्र विद्यालय र घरघरसम्म पुग्न स्वास्थ्यकर्मी खटाइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206