१७ फाल्गुण २०८२, आइतबार

सेवामूलक राजनीतिक नेतृत्वको प्रेरणादायी उदाहरण : क. विनोद ढकाल

Logo
नवलप्रसाद उपाध्याय बुधबार, फाल्गुण १३, २०८२
मोरंग प्रतिनिधिसभा क्षेत्र न.६ मा चुनावी सम्बोधन गर्दै

नेपाली राजनीतिमा केही यस्ता व्यक्तित्व छन जसले पद, शक्ति र लोकप्रियता भन्दा पनि सेवा, सहानुभूति र जनसम्पर्कलाई पहिलो प्राथमिकता दिन्छन्। त्यस्ता व्यक्तित्वहरूमध्ये क.विनोद ढकाल एक सम्मानित र नेपालभरि परिचित नाम हो। उहाँको सरल स्वभाव, जनतासँग सहज पहुँच र दुःखी/पीडितप्रति देखाउने संवेदनशील व्यवहारले उहाँलाई एक जिम्मेवार र भरोसायोग्य राजनीतिक नेताको रूपमा स्थापित गरेको छ।

राजनीतिक नेतृत्वको दृष्टिले  दूरदर्शी सोच राख्ने नेता भएको हुदा उहाँको व्यवहारबाट हेर्दा राजनीति सत्ता प्राप्तिको साधन नभई समाज परिवर्तनको माध्यम हुनुपर्छ भनि सजिलै बुझाउन सकिरहनुभएको छ। उहाँले समावेशी विकास, सुशासन, पारदर्शिता र लोकतन्त्रको पक्षमा निरन्तर आवाज उठाउँदै आउनुभएको छ। युवालाई राजनीतिमा सकारात्मक ढंगले सहभागी गराउने उहाँको सोचले आज पनि देशभरिका बिशेषगरि युवा हरु वहा प्रती समर्पित छन ।

क.विनोद ढकाल सँग भेटघाट गर्न सहज छ। उहाँ पद वा हैसियतको घमण्ड नगरी आम नागरिकसँग आत्मीयतापूर्वक संवाद गर्नुहुन्छ। जनताको समस्या सुन्ने, बुझ्ने र समाधानका लागि पहल गर्ने उहाँको बानीले जनस्तरमा गहिरो विश्वास निर्माण भएको छ। विशेषगरी दुःखी, असहाय र पीडित वर्गप्रति उहाँको सेवाभाव उदाहरणीय मानिन्छ। आर्थिक, सामाजिक वा व्यक्तिगत समस्यामा परेकालाई सहयोग गर्नु उहाँको जीवनशैली जस्तै बनेको छ। केवल वचनका लागि मात्र होइन, कामको लागि विश्वासिलो नेता हुनुहुन्छ। राजनीतिक सेवा भन्नाले केवल चुनाव जित्ने वा भाषण गर्ने मात्र होइन, निरन्तर जनसेवामा समर्पित हुनु हो भन्ने मान्यता उहाँले व्यवहारमा उतार्नुभएको छ। प्राकृतिक विपत्ति, सामाजिक समस्या, शिक्षा, स्वास्थ्य वा रोजगारीका सवालमा उहाँको सक्रियता सहित सामाधान गर्ने तरिका लोकप्रिय छ।  यही कारणले उहाँ नेपालभरि नै ख्यातिप्राप्त व्यक्तित्व बन्न सफल हुनुभएको हो।

क.विनोद ढकाल नेतृत्व शैली सरल, सहयोगी र सहकार्यमा आधारित छ। फरक विचारलाई सम्मान गर्ने, आलोचनालाई सुधारको अवसरका रूपमा लिने र संवादमार्फत समाधान खोज्ने उहाँको प्रवृत्तिले लोकतान्त्रिक मूल्यलाई बलियो बनाएको छ। यही कारण उहाँलाई विभिन्न वर्ग, समुदाय र क्षेत्रका मानिसहरूले समान रूपमा सम्मान सहित समर्पणको राजनीतिलाई आत्मसात् गर्ने एक आदर्श राजनीतिक नेता हुनुहुन्छ।

उहाँको जीवन र कार्यशैलीले नेपाली राजनीतिमा सकारात्मक परिवर्तन सम्भव छ भन्ने शिक्षा दिन्छ। जनताको सुख/दुःखमा सधैं साथ दिने क.ढकालजस्ता नेताको नेतृत्वमा मात्र समुन्नत, न्यायपूर्ण र समावेशी नेपालको सपना साकार हुन सक्छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206