१८ फाल्गुण २०८२, सोमबार

आज तराईमा हुस्सु लाग्ने, पहाडी र हिमाली क्षेत्रमा मौसम सफा रहने

Logo
Pulse Khabar शुक्रबार, माघ २३, २०८२

काठमाडौँ: मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन भने तराई भू–भागका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ । देशका पहाडी र हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो तराई भू–भागका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना छ । कोशी प्रदेशका पहाडी र हिमाली भाग तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भागमा मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।

यसैगरी, आज राति तराईका केही स्थानमा हुस्सु लाग्ने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली हुनेछ भने अन्य भागमा मुख्यतया मौसम सफा रहने पूर्वानुमान गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206