१७ बैशाख २०८२, बिहिबार

विपन्न परिवारलाई जीवन विकासको परेवा सहयोग

Logo
Pulse Khabar शुक्रबार, चैत्र १६, २०८०

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले नौं परिवारलाई बिउ पूँजी स्वरुप दश जोडका दरले ९० जोड परेवा प्रदान गरेको छ । परम्परागत सीप मार्फत उद्यमशीलता विकासका लागि धनपालथान गाउँपालिका– ३ बेतौनाका नौं अति विपन्न परिवारलाई दश जोडका दरले ९० जोड परेवा प्रदान गरेको हो ।

मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सांसद योगेन्द्र मण्डलले अति विपन्न परिवारलाई परेवाको चल्ला हस्तान्त्रण गर्नुभयो । विपन्न परिवारलाई परेवा हस्तान्त्रण गर्दै सांसद मण्डलले परेवा पालनलाई उद्योगको रुपमा विकास गर्न आग्रह गर्नुभयो ।

एक सय जोर परेवा पाल्दा मासिक ४५ हजारसम्म आम्दानी हुने उहाँले बताउनुभयो । विपन्न परिवारको आर्थिक हैसियत उकास्ने मुख्य आधार उद्यमशीलता नै भएको बताउँदै उनले थोरै लगानीमा उद्यमशीलता विकासको आधार तयार हुने भएकाले विपन्न परिवारका लागि परेवा पालन व्यवसाय फलदायी हुने उहाँको भनाइ छ ।

व्यवसायीक रुपमा परेवा पालनबाट राम्रो आम्दानी हुने भएकाले आफ्ना क्षेत्रका अन्य जनतालाई पनि पालनका लागि प्रोत्साहन गरिरहेको उहाँले बताउनुभयो । लघुवित्तले नमुना गाउँ बनाउने घोषणा गरेको वेतौनाका अति विपन्न परिवारलाई परेवा हस्तान्त्रण गरेको हो ।

लघुवित्तले धनपालथान गाउँपालिका– ३ र ४ मा पर्ने बेतौनालाई इको भिलेज बनाउने अभियान अन्तरगत काम गरिरहेको छ । सोही अभियान अन्तरगत अति विपन्न परिवारलाई परेवा बिउ पूँजी प्रदान गरिएको लघुवित्तका उद्यमशीलता विकास प्रमुख मनोजकुमार शर्माले बताउनुभयो । विपन्न परिवारलाई परेवा हस्तान्त्रण गर्नुअघि लघुवित्तले परेवाको खोर निर्माण गर्न लगाएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206