०१ माघ २०८२, बिहिबार

प्रहरीद्वारा सर्लाहीमा गाँजाखेती फडानी अभियान

Logo
Pulse Khabar मंगलबार, पुष २२, २०८२

बरहथवा: लालबन्दी नगरपालिकास्थित चुरे क्षेत्रमा गरिएको अवैध गाँजाखेती प्रहरीले नष्ट गरेको छ ।

लालबन्दी नगरपालिका–१४ र १५ स्थित विभिन्न गाउँमा क्षेत्रमा लगाएको गाँजा प्रहरीले सोमबार नष्ट गरेको हो । चुरे क्षेत्रको शिर कालिन्जोर, सिरुडाँडा, ब्लोन टोललगायत स्थानमा रूपमा लगाएको दुई लाख बोट गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो ।

जिल्लाको चुरे क्षेत्रमा प्रहरीले मङ्सिरदेखि नै अवैध गाँजाखेती फडानी अभियान चलाएको छ । “उक्त क्षेत्रमा गाँजाखेती भइरहेको सूचना पाएपछि प्रहरी पुगेको थियो”, उहाँले भन्नुभयो, “नेपाल प्रहरी र सशस्त्र प्रहरीका ४० जनाको टोलीले १३ बिघाको गाँजाका बोट फडानी गरेर फर्किएका छन् ।” अवैध लागुऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले लुकाइछिपाइ गरेको गाँजाखेती खोजी र नष्ट गर्ने काम गरिरहेको प्रहरी नायब उपरीक्षक राईले बताउनुभयो । तथ्याङ्कअनुसार जिल्ला प्रहरी कार्यालयले चालु आर्थिक वर्षमा ९४.५ बिघा गाँजाखेती नष्ट गरिसकेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206