०७ माघ २०८२, बुधबार

Logo
Pulse Khabar बुधबार, पुष ०२, २०८२

शिविरमा जिल्लाका १० नगरपालिकासहित पाँच गाउँपालिकाका ८७४ जनालाई स्थायी बन्ध्याकरणका सेवा उपलब्ध गराइने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । शिविर यही पुस ४ गते जिल्लाको गौशाला नगरपालिकाको गौशाला अस्पतालबाट सुरु हुनेछ । यसैगरी स्वास्थ्य शिविर यही पुस ४ र ५ गते गौशालामा सञ्चालन हुनेछ भने ७ र ८ गते बर्दिवास नगरपालिकाको बर्दिवास अस्पताल, १० र ११ गते औरही नगरपालिकाको औरही अस्पतालमा सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यसैगरी १३ र १४ गते एकडारा गाउँपालिकास्थित एकडारा स्वास्थ्यचौकी, १६ र १७ गते बलवा नगरपालिकास्थित धमौरा स्वास्थ्यचौकी, १९ र २० गते रामगोपालपुर नगरपालिकास्थित रामगोपालपुर स्वास्थ्य केन्द्र, २२ गते सम्सी गाउँपालिकास्थित सम्सी स्वास्थ्य केन्द्र, २४ र २५ गते सोनमा गाउँपालिका स्थित सुन्दरपुर आधारभूत स्वास्थ्य केन्द्र, २७ र २८ गते पिपरा गाउँपालिकास्थित पिपरा अस्पताल, ३० गते मटिहानी नगरपालिकास्थित मटिहानी स्वास्थ्यचौकी र आगामी माघ २ र ३ गते भंगहा नगरपालिकाको भंगहा स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुनेछन् ।

जलेश्वर: महोत्तरीमा यही पुस ४ गतेदेखि एक महिने परिवार व्यवस्थापन स्वास्थ्य शिविर ( स्थायी बन्ध्याकरण शिविर) सुरुआत हुने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयद्वारा सुनौलो परिवार नेपालको आर्थिक एवं प्राविधिक सहयोगमा सञ्चालन हुने सो निःशुल्क शिविरमा जिल्लाका १५ वटै पालिकाका विभिन्न ११ स्थानमा सञ्चालन हुनेछ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो समय परिवार व्यवस्थापन सेवाअन्तर्गत विशेष गरेर बृहत् स्वास्थ्य शिविर सञ्चालनमा सेवा प्रदायक संस्थाहरुसँग थप सहकार्य र साझेदारीलाई समन्वयात्मक नीति लिएको छ । यसबाट परिवार व्यवस्थापन सेवा थप प्रभावकारी भएको जनाइएको छ । मन्त्रालयले परिवार व्यवस्थापनको घरदैलो सेवासमेत उपलब्ध गराउँदै आएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले पालिका तहसँग समन्वय गर्दै आफ्ना संयन्त्रमार्फत आवश्यक सेवाग्राही पहिचान गर्ने र परिवार व्यवस्थापन सेवा प्रदान गर्ने निकायले सेवाग्राहीलाई पायक पर्ने स्थानमै बन्ध्याकरण शिविर आयोजना गर्ने समझदारीको ढाँचामा सेवा प्रदान गर्न थालिएको छ ।

कार्यालयका प्रमुख नवलकिशोर साहले बृहत् स्वास्थ्य शिविरमा सन्तानका इच्छा पूरा भएका महिला, पुरुषहरुले स्थायी बन्ध्याकरण गराउन सकिने एवं परिवार व्यवस्थापनका अन्य सेवा लिन सकिने जानकारी दिनुभयो ।

शिविरका ‘फोकल पर्सन’ सृजना यादवले शिविरमा महिलाहरुका लागि मिनील्याप र पुरुषको लागि ‘भ्याक्सेटोमी सर्जरी’सहित आइयुसिडी र इम्प्लान्टको सेवासमेत प्रदान गरिने बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206