१७ बैशाख २०८२, बिहिबार

नेकपा एसले उम्मेदवारको टुंगो लगायो

Logo
Pulse Khabar बुधबार, चैत्र १४, २०८०

विराटनगर । नेकपा (एकीकृत समाजवादी ) पार्टीले इलाम क्षेत्र नम्बर २ र बझाङ १ को प्रदेश सभा (१)मा उम्मेदवारको टुंगो लगाएको छ । इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा जीतबहादुर राईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेकपा एसले इलामको माइजोगमाई गाउँपालिकाका राईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

राई माईजोगमाई गाउँपालिकामा २०७४ को निर्वाचनमा एमालेबाट अध्यक्षमा निर्वाचित भएका थिए । यस्तै नेकपा एसले बझाङको प्रदेशसभातर्फ दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी, नेकपा एस, नेकपा एमाले र रास्वपाले आ आफ्नो उम्मेदवार बनाउने निर्णय गरेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206