२० मंसिर २०८२, शनिबार

विपद् न्यूनीकरणमा पालिकाहरु सहकार्य गरेर अघि बढ्ने

Logo
Pulse Khabar बिहिबार, मंसिर १८, २०८२

वीरगञ्ज: स्थानीय तह आबद्ध रहेको संस्था सिटिनेट नेपाल नेसनल च्याप्टरको आज यहाँ बसेको बैठकले सहरी विकास, प्रदूषण व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण र सहरबीच सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको छ ।

वीरगञ्ज महानगरको आयोजनामा आज यहाँ आयोजित सो बैठकले बैठकले विपद् जोखिम न्यूनीकरण अनुसन्धान तथा शिक्षण केन्द्र स्थापना गर्ने विषयमा सैद्धान्तिक सहमति जुटेको छ ।

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले बैठकले विपद्सम्बन्धी कोष स्थापना, नगरपालिका समूह दर्ता, फोकल पर्सन तोक्ने, हरेक ६ महिनामा नियमित बैठक गर्ने तथा सचिवालय दर्ता गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

बैठकमा विपद् जोखिम न्यूनीकरण अनुसन्धान तथा शिक्षण केन्द्रका प्राडा आमोदमणि दीक्षित र डा गणेशकुमार जिमीले जोखिम न्यूनीकरण केन्द्रको आवश्यकता र कार्ययोजनाका विषयमा प्रस्तुति दिनुभएको थियो ।

प्राडा दीक्षितले प्राकृतिक प्रकोप, लैङ्गिक विभेद, जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनका विषयमा स्थानीय तहको जिम्मेवारी र सार्वजनिक सचेतनाको महत्वको विषयमा जोड दिनुभएको थियो ।

कार्यक्रमको उद्घाटन सिटिनेट नेपाल अध्यक्ष तथा विराटनगर प्रमुख नागेश कोइराला र वीरगञ्ज प्रमुख राजेशमान सिंहले संयुक्त रूपमा गर्नुभएको थियो ।

सिटिनेटमा एसिया–प्रशान्तका १०३ सदस्य रहेका छन् । नेपालमा १६ पालिका सदस्य छन्, जसमा वीरगञ्ज, ललितपुर, भरतपुर, पोखरा, तानसेन, विराटनगर, जितपुर–सिमरा लगायतका पालिका समावेश छन् ।

सिटीनेटको स्थापना सन् १९८७ मा जापानको टोकियोमा भएको हो । समापन सत्रमा प्रमुख सिंहले बैठकमा आएका सुझाव र अनुभवहरूले आगामी दिनमा प्रभावकारी काम गर्न मार्गदर्शन गर्ने बताउनुभयो । जेठ महिनामा हुने अर्को बैठक गोदावरी नगरपालिकामा हुने भएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206