२० मंसिर २०८२, शनिबार

औषधिका समस्या चाँडै सम्बोधन गरिने

Logo
Pulse Khabar सोमबार, मंसिर १५, २०८२

काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमसमक्ष नेपाल औषधि थोक व्यवसायी सङ्घले ध्यानाकर्षण पत्र बुझाएका छन् ।

मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री गौतमललाई सङ्घका अध्यक्ष गणेश नेपालको नेतृत्वमा भएको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो ।

सो अवसरमा मन्त्री गौतमले औषधि व्यवसायीका पछिल्लो पटक देखिएका समस्याबारे आफू जानकार रहेकाले माग सम्बोधन गरिने बताउनुभयो । उहाँले औषधि व्यवसायीका समस्याबारे आफूले मन्त्रालयमा पनि छलफल गरिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सहमति सहकार्यमा विश्वास गर्छौँ । थोक व्यवसायी सङ्घले राखेका कुरा सहज रुपमा लिएको छु । समस्या समाधान उन्मुख छ ।”

सङ्घले औषधि ऐन, २०३५ को दफा ११ को उपदफा ५ कार्यान्वयन स्थगन गर्नका लागि ध्यानाकर्षणपत्र बुझाएका थिए । ध्यानाकर्षणपत्रमा नवीकरण प्रक्रियालाई डिजिटल, पारदर्शी, छिटो तथा व्यवसाय मैत्री प्रशासनिक ढिलाइ र प्रणालीगत कमजोरीहरू पूर्ण रूपमा न्यूनीकरण गर्न आवश्यक कानुनी÷प्राविधिक संरचना अविलम्ब कार्यान्वयन गर्न माग गरिएको छ ।

औषधि ऐनको दफा ११ को उपदफा (३) अन्तर्गत दोब्बर दस्तुर तथा समयसीमाको विषयमा समेत पुनरावलोकन गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206