२४ भाद्र २०८२, मंगलबार

फेदापको आगो नियन्त्रणमा , २३ घर जलेर नष्ट

Logo
Pulse Khabar सोमबार, चैत्र ०५, २०८०

तेह्रथुम । तेह्रथुमको फेदापमा भएको आगलागी नियन्त्रणमा आएको छ । फेदाप गाउँपालिका १ सिम्लेमा हिजो दिउँसोबाट सुरु भएको आगालागी गएराति नियन्त्रणमा आएको हो । प्रहरी र स्थानीयको पहलमा राति अबेर आगो नियन्त्रणमा लिइएको फेदाप गाउँपालिकाका अध्यक्ष केशवप्रसाद भेटवालले जानकारी दिनुभयो ।

आगलागीको कारण सिम्लेका २३ वटा घर र ५ वटा गोठ जलेका छन् । गाउँको अन्तिममा रहेको जंगलमा आइतबार दिउँसोबाट आगो लाग्न सुरु भएको थियो । आगलागीमा मान्छे बसोबास गर्दै गरेका १० वटा र ७ वटा खाली घर जलेका छन् । के कति संख्यामा पशु चौपाया र धन नष्ट भएको भन्ने विस्तृत विवरण आउन अझै बाँकी छ । आगलागीमा नगद, अन्नपात, लत्ताकपडा, गरगहनालगायत धनसम्पत्ति नष्ट भएको पीडितले बताए । आगलागी पीडितलाई राहत वितरण थालिएको अध्यक्ष भेटवालले बताउनुभयो ।

यसैगरी पाँचथरकोे फाल्गुनन्द गाउँपालिका केन्द्र रहेको घुर्विसे पञ्चमी बजारमा हिजो बेलुकी लागेको आगो पनि नियन्त्रणमा आएको छ । आगलागीमा परी दुईवटा घर जलेका छन् । राति नै आगो नियन्त्रणमा लिइएको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङदेम्बेले बताउनुभयो।

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206