२० मंसिर २०८२, शनिबार

इलाम २ मा सुहाङसहित ६ जनाको नाम सिफारिस

Logo
Pulse Khabar सोमबार, चैत्र ०५, २०८०

इलाम । इलाम २ को रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि नेकपा एमाले इलाम जिल्ला कमिटीले ६ जना आकांक्षीको नाम सिफारिस गरिएको छ । जिल्ला कमिटीले आकाँक्षीको नाम केन्द्रीय कमिटीलाई सिफारिस गरेको हो ।

आगामी वैशाख १५ गते हुने उपचुनावका लागि उम्मेदवार छनौट गर्न जिल्ला कमिटीका उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा बनाइएको कमिटीले बनाएको सूचीमा दिवंगत नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ, रवीन्द्र सुवेदी, नरेन्द्र भट्टराई, देवी क्षेत्री दुलाल, बुद्धि खनाल र रिप्पल राईको नाम रहेको छ । तर उमेद्वारको टुंगो भने केन्द्रीय कमिटीले लगाउने छ ।

एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधनपछि यो क्षेत्र रिक्त छ । निर्वाचन आयोगले चैत २४ गतेलाई मनोनयन गर्ने मिति तोकेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206