०१ माघ २०८२, बिहिबार

पशु बिमा कार्यक्रमबाट पनौतीका चार हजार किसान लाभान्वित

Logo
Pulse Khabar शुक्रबार, मंसिर १२, २०८२

काभ्रेपलाञ्चोक:पनौती नगरपालिकामा सञ्चालन भएको पशुधन बिमा कार्यक्रमबाट चार हजारभन्दा बढी किसान लाभान्वित भएका छन् । गत वर्षदेखि प्रारम्भ भएको उक्त कार्यक्रमले नगरका १२ वटै वडाका किसानलाई समेटेको छ ।

बिमा कार्यक्रममार्फत नगरभित्रका गाई, भैँसी, बाख्रा, भेडा, बङ्गुर, सुँगुर, कुखुरा तथा हाँसजस्ता पशुपन्छीको बिमा गरिएको हो । नगर पशुपन्छी शाखाका अनुसार हालसम्म सबै वडाबाट चार हजार ४८ किसान कार्यक्रममा सहभागी छन् । किसानले व्यक्तिगत रुपमा पशुको बिमा गर्दा रु एक हजार ४००देखि रु एक हजार ५०० सम्म खर्च हुने गरेको छ ।

पनौती नगरपालिकाका अनुसार नगर क्षेत्रमा करिब ३० हजार बाख्रा, १० हजार गाई, छ हजार भैँसी, ५०० बङ्गुर तथा झण्डै एक लाख पन्छी छन् । नगरले हालसम्म पाँच हजार २८१ गाई, दुई हजार २३१ भैँसी, पाँच हजार ७८० बाख्रा, २४ हजार पन्छी तथा १८ वटा बङ्गुरको बिमा गरेको छ ।

पालिकाकी शाखा प्रमुख दिपिका २०० पशुको दाबी भुक्तानी भइसकेको छ ।

नगरले यसअघि ‘भैँसी संरक्षण–सम्बद्र्धन अभियान’अन्तर्गत प्रतिभैँसी रु पाँच हजार ‘‘भैँसी सुत्केरी भत्ता’ कार्यक्रम सञ्चालन गरेको थियो । नगरमा भैँसीको सङ्ख्या तेब्बर पुगेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206