२० मंसिर २०८२, शनिबार

देशको अस्मिता सक्याएर अरुलाइ रिझाउदै छौ

Logo
Pulse Khabar आइतबार, मंसिर ०७, २०८२

दिनानाथ भट्टराई

हो,तिमिहरुमा धैर्यता छ। एकोहोरो जिद्दीपन हाबी गराउदै स्वचालित होइन संचालित बन्दै छौ ! कसैको हातमा रिमोर्ट छ,तिमिहरु रोबर्टिक बन्दै छौ ! आफ्नो मात्रै होइन आउने पुस्ताको भबिस्यलाई समेत धरापमा पार्दै छौ !  देशको गौरव इतिहासलाई सिमेन्ट र इट्टाको पर्खाल मात्र देख्दै छौ, देशको अस्मिता सक्याएर अरुलाइ रिझाउदै छौ ! आज क्षणिक आनन्द त होला तर भबिस्य अन्धकार बनाउदै छौ ! तेसैले तिमी उर्जा हौ,परिवर्तनको सम्बाहक हौ,तिमी भबिस्य हौ,आशा र भरोसाको केन्द्र हौ ! यसकारण ,आफुमा ज्ञान र ध्यान सहित नैतिक शिक्षा अन्तर्गत तिमीहरु सबै युवाहरु स्वचालित बन्दै यो मातृभूमिको रक्षा गर्नु तिमीहरुको जिम्मामा पर्नु अवसर पनि हो ।

हामी पनि हिजो “जेन्जी” थियौ आज “जेनवाई” मा प्रवेश गरिरहदा राजनीतिको पाठ सिक्न समय लाग्यो तर भाईहरु भर्खर आज बामे सर्दै गर्दा तिमीहरुमा परिपक्वता देखिदैन, एकै पटक सबै खोजि गर्दैगर्दा अध्यनको आवश्यकता अनुसार एकता छैन ,धेरै समुह भए जसले गर्दा प्रतिस्पर्धी पुरानालाई मात्र ठानिरहदा न भोलिको भविष्यलाई हेर्नु पर्ने , न हिजोलाइ बुज्ने चेस्टा यसर्थ गन्तव्य मा पुग्नको लागि उग्रता र उदन्डताले आउने पुस्तालाइ समेत प्राप्तिको लक्ष्य बाट बन्चित बनाउदै गरेको देख्दा अब आउने भविष्यले भाईहरुको बारेमा के मुल्यांकन गर्ला त्यो समयले बताउने छ र हेर्न बाकि नै रहनेछ।

आफुले आफैलाइ बुझ्दै,सिक्ने अनि सिकाउने प्रयास अन्तर्गत तिमीहरु सबैले यो रास्ट्रलाई नयाँ किसिमले गर्न लागेको निर्माण सदैव संयम र अनुसाशित बनी इतिहास लेख्दै गर्दा अहिले तिमीले त राजनीति बुझ्ने हो,बुझिसकेपछी  राजनीति गर्ने हो । तर, त्यो राजनिती गर्नुभन्दा पहिला तिमी अहिले डाक्टर , इन्जिनियर ,पाइलट, शिक्षक , कानुनबिद ,लेखक,साहित्यकार बनेर यो देश को उदाहरणीय व्यक्तिको रूपमा आफुलाई सकारात्मक हुने गर्ने गरि अध्यन/अनुसन्धानमा लाग्न अनुरोध गर्न चाहन्छु । तर, जथाभावीआरोप ,अशभ्य भाषा साथै विध्वंस मच्चायर इतिहासमा खलपात्र कदापी पनि नबनी यो देशलाई अझै राम्रो बनाउनको लागि अगाडी आउन हुन अपिल गर्दछु ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206