२० मंसिर २०८२, शनिबार

राजस्व कार्यालय जुम्लाद्वारा आठ करोड ६८ लाख राजस्व सङ्कलन

Logo
Pulse Khabar शनिबार, मंसिर ०६, २०८२

आन्तरिक राजस्व कार्यालय जुम्लाले चालु आर्थिक वर्षको चार महिनामा रु आठ करोड ६८ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनदेखि कात्तिक मसान्तसम्ममा रु १३ करोड राजस्व सङ्कलनको लक्ष्य राखेकामा रु आठ करोड ६८ लाख सङ्कलन गरेको हो ।

जिल्लास्थित आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत प्रभात घिमिरेले राजस्व सङ्कलन भएकामध्ये सबैभन्दा बढी आयकरतर्फ रु छ करोड ४४ लाख सङ्कलन भएको जानकारी दिनुभयो । उहाँका अनुसार भ्याटतर्फ रु एक करोड ६८ लाख र अन्तःशुल्कतर्फ रु ५६ लाख राजस्व सङ्कलन भएको छ । करदाता शिक्षालाई थप प्रभावकारी बनाउनका लागि निर्माण व्यवसायीलगायत ठूला र साना व्यवसायीलाई जोड दिने उद्देश्यले कार्यालयले काम गरिरहेको छ । बजार अनुगमन र स्थानीय तहमा पुगेर कर शिक्षा दिइनेगरी काम भइरहेको प्रमुख कर अधिकृत घिमिरेले बताउनुभयो । उहाँका अनुसार जिल्लामा १७ हजार बढी करदाता छन् ।

भ्याटतर्फ मात्र दुई हजार ३२ जना रहेका छन् । शुक्रबारसम्म ६७७ जनाले व्यक्तिगत प्यान लिएका छन् । कार्यालयले चालु आवमा रु ६४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको जनाएको छ । कार्यालयको गत आवमा वार्षिक राजस्व उठाउने लक्ष्य रु ६३ करोड ७१ लाख रहेका रु ४९ करोड ४६ लाख राजस्व सङ्कलन गरेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206