१८ बैशाख २०८२, शुक्रबार

प्रधानमन्त्री दाहाललाई विश्वासको मत प्राप्त

Logo
Pulse Khabar बुधबार, फाल्गुण ३०, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रो पटक संसद्मा विश्वासको मत प्राप्त गर्नुभएको छ । आज संसद बैठकमा उपस्थित २ सय ७० सांसदमध्ये १ सय ५७ जनाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिए ।

नेपाली कांग्रेससहित ११० जनाले विपक्षमा मतदान गरे । एक जना सांसद तटस्थ बसे । प्रधानमन्त्री दाहाललाई एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका हुन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहाल २०७९ पुस १० गते प्रधानमन्त्रीमा चयन हुनुभएको थियो । उहाँले पहिलो पटक २०७९ पुस २६ गते विश्वासको मत लिनुभएको थियो । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लगायतका सबै दलले उनलाई विश्वासको मत दिएका थिए ।

राष्ट्रपति निर्वाचनका क्रममा पुनः सत्ता गठबन्धन फेरियो । नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए । सत्ता गठबन्धन फेरिएपछि २०७९ चैत ६ गते पुनः प्रधानमन्त्री दाहालले विश्वासको मत लिनुभएको थियो । प्रतिनिधिसभामा भएको मतदानमा उहाँले एक सय ७२ मत प्राप्त गर्नुभएको थियो । विपक्षमा ८९ मत परेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206