३१ आषाढ २०८२, मंगलबार

दाहाल राष्ट्रियसभा अध्यक्षमा निर्वाचित

Logo
Pulse Khabar मंगलबार, फाल्गुण २९, २०८०

काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित हुनुभएको छ । आज राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । मतदानमा ५६ जना सांसद उपस्थित थिए । यो संख्या राष्ट्रिय सभामा तत्काल कायम रहेको संख्याको बहुमत रहेको उल्लेख गर्दै सभाध्यक्ष उर्मिला अर्यालले दाहाल राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएको घोषणा गर्नुभयो ।

अध्यक्षमा निर्वाचित दाहाल सत्तारुढ दलहरुको तर्फबाट उम्मेदवार बन्नु भएको थियो । उहाँलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए । त्यसअघि, कांग्रेस र लोसपाका तर्फबाट उम्मेदवार रहेका युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । २०१२ सालमा जन्मिएका दाहाल नाताले प्रधानमन्त्री पुष्पकमल दाहालको भाइ पर्नुहुन्छ ।

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: news@pulsekhabar.com

pulsekhabar7@gmail.com

बिज्ञापनको लागी:

9862006206