०१ माघ २०८२, बिहिबार

दाहसंस्कारका लागि कति समय ?

Logo
Pulse Khabar बुधबार, मंसिर ०३, २०८२

पशुपति आर्यघाट परिसरस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कारका लागि कति समय कुर्नुपर्ला ? तपाईंलाई लाग्दो हो पालो पर्खन नपर्ला । तर शवदाह गृह सञ्चालनको जिम्मा पाएको पशुपति क्षेत्र विकास कोषका कारण पछिल्ला केहीदिनयता कम्तीमा तीनदेखि चार घण्टासम्म शवदाहका लागि लाइनमा राख्नुपर्ने बाध्यता देखिएको छ । विद्युतीय गृहमा मङ्गलबार साँझ ६ः३० बजेसम्म करिब ११ शवदाह गरिएका कोषले जनाएको छ ।

विदेशबाट शव ल्याउन तीन हप्ता लाग्यो, यहाँ चार घण्टा लाइन बस्दा के हुन्छ ? घाटको उचित व्यवस्थापन कहिले होला ?, मृतकका एक आफन्तले पालो कुर्दै प्रश्न गर्नुभयो । केही आफन्तजनले आफूहरूले शवदाहका लागि पाँच घण्टासम्म कुर्नुपरेको गुनासो गरेका गरेका छन् ।

कोषका निमित्त सदस्यसचिव शुभाषचन्द्र जोशीले भन्नुभयो, “विद्युतीय शवदाह गृहका उपकरणमध्ये एकमात्र सञ्चालनमा रहेकाले दाहसंस्कारका लागि लाइनमा बस्नुपर्ने बाध्यता आएको हो । बिग्रिएका विद्युतीय शवदाह उपकरण मर्मतका लागि कोषले केही प्रयास गरेको छैन ? भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, “आशा गरौँ छिट्टै नतिजा आउँला ।”

केहीले आर्यघाटमा शवदाह गर्न निकै लामो लाइन कुर्नुपर्ने भएकाले आफूहरूले विद्युतीय शवदाह गृहमा शव ल्याएको बताएका छन् । पछिल्ला दिनमा विशेष गरेर विविध कारणले विदेशमा मृत्यु भएकाको विद्युतीय शवदाह गृहमा संस्कारदाह हुँदै आएको कोषले जनाएको छ ।

पशुपति आर्यघाटमा शवको दाहसंस्कार गरेबापत् दाउराबाट जलाउने घाटमा रु १५ हजार र विद्युतीय शवदाह गृहमा रु चार हजार शुल्क तोकिएको छ । करिब रु ११ करोडको लागतमा बनेको विद्युतीय शवदाह गृह विसं २०७२ माघ १० गतेदेखि सञ्चालनमा आएको हो । विद्युतीय शवदाह गृहमा एउटा शव जल्न कम्तीमा ४५ मिनेट लाग्ने जनाइएको छ । यसैबीच, विद्युतीय शवदाह गृह भवन र परिसरमा रहेका शौचालय सेवाग्राहीले प्रयोग गर्ने अवस्थामा छैनन् । नाक, मुख थुनेर शौचालय प्रयोग गर्नुपर्ने अवस्था रहेको सेवाग्राहीको भनाइ छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206